आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई ओलीको चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७७, आईतवार ०५:२७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए ।

उनले अघि भने, ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’ उनले सरकारबाट हटाए प्रतिपक्षमा बस्ने बताए । उनले भने, ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौं ।’

प्रचण्ड–माधव चुनावमा गए जनताले धुलो चटाउँछन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देशलाई अस्थिरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न नदिने काम गरेको दाबी गरेका छन् । १११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामबाट अतालिएर प्रचण्ड, नेपाल बारम्बार बिरोधमा उत्रेको बताए ।

उनले पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘पार्टीमा, सरकारमा भोग्नुपरेका बाधा । केही तत्वहरुबाट देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ उनले भने, ‘हामी विकासको गतिमा अघि बढेका छौँ, भर्खर मेलम्चीको पानी काठमाण्डुमा खसालेका छौँ ।

मानिसले पत्याएका थिएनन् । केही दिनभित्र धारा–धारामा वितरण गर्दैछौँ,’ उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’

त्यस्तै उनले जनतामा जाने निर्णय गर्दा विरोध गर्ने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरे । ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन । तर, कसैकसैले चिच्याईं चिच्याईं बिरोध गरे,’ उनले भने, ‘उनीहरु चुनावमा गए धुलो चाट्छन् । जनताले धुलो चटाउँछन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१