काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली शर्मासँग सहकार्य हुन नसक्ने बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
डा. भट्टराईले गणतन्त्रविरोधी र प्रतिगमनकारी शक्तिसँग राजनीतिक सहकार्य र एकता गर्न नसकिने भन्दै लोकतन्त्र, संघीयता र गणतन्त्रको पक्षमा आफूहरू प्रष्ट रहेको जानकारी दिए ।
त्यसैगरि अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले समेत अवैधानिक ठहर गरिसकेको अवस्थामा संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले पद त्याग्नुपर्ने बताए । उनले यस्तालाई सहयोग गर्न नसकिने बताउँदै सरकारलाई हाम्रो समर्थन किन चाहियो र ? भनेर प्रश्न गरे
संसदीय दल विधान निर्माण गर्ने विषयमा केन्द्रित रहेको बताउँदै विधान पारित भइसकेपछि दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बताउने आफूहरुको योजना रहेको उनको भनाई थियो ।
प्रतिक्रिया