खनाल र नेपाललाई आत्मआलोचना गर्ने मौका दिन्छौं- पोखरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७७, शुक्रबार ०५:०५

पर्सा। उपप्रधानमन्त्री इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइने बताएका छन् ।

बिहीबार प्रेस संगठन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई एक पटक आत्मआलोचनाको मौका दिइने बताए ।

उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताए । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१