काठमाडौं । सपना रोकाको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् । बुधवार काठमाडौं जिल्ला अदालतले उनलाई साइबर क्राइममा ४० हजार र अभद्र व्यवहारमा १० हजार गरी ५० हजार धरौटीमा रिहा गरेको हो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगर र बस्नेत बाबु–छोरीको रुपमा आफूहरुलाई चिनाउँदै आएका थिए । युट्युबमा अन्तरवार्ता दिँदै बस्नेतले आफ्नो मोबाइलमा सपनाका नग्न तस्विरहरु भएको भन्दै सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । बस्नेतलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया