यस्तो छ महको औषधीय महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७७, बुधबार ०६:०३

— मह १/२ चम्चा बिहान–बेलुका नियमित सेवन गर्नाले शरीर तन्दुरुस्त भएर आउँछ । यसले मुटुको रक्तसञ्चारलाई शान्त बनाउँछ ।

—यसले निम्न रक्तचाप र रक्तअल्पताको रोगीलाई फाइदा गर्छ ।

—महको कुट मिसिएको पहेँलो भागको प्रयोगले हाड खिएमा, जोर्नी दुखेमा, पेटका रोगहरुमा यसले समाधान गर्दछ ।

—महलाई मनतातो पानीसँग खानाले स्मर शक्ति बढ्दछ, शरीर बलियो बनाउँछ ।

—फापर चिराइतोको धुलोमा बेसार मिलाई मह राखेर केही महिनासम्म सेवन गर्नाले मधुमेहको रोगीहरुलाई फाइदा गर्छ ।

— रुघाखोकी लागेका मानिसलाई अदुवाको रसमा एक चम्चा मह मिलाएर मनतातो पानीमा मिलाएर खाएमा निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१