काठमाडौंको हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७७, बुधबार ०५:५८

कैलाली । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग (एलपिएल) विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले पाँच विकेट लिए ।

एक सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जीतमा दीपक बोहराले अविजित रहँदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले तीन विकेट लिए । खेलको म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसँगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङ्गो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर तीन बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान चार÷चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।

त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउदले समान दुई÷दुई विकेट लिए । अब शारदा सरस्वतीले आफ्नो तेस्रो खेलमा भोलि अत्तरियाको होलिल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०