राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७७, बुधबार ०५:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना डेपुटी गभर्नर पदमा नियुक्त हुने पहिलो महिला हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा उनीहरुलाई डेपुटी गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्र बैंकमा डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको फागुन १९ गते कार्यकाल सकिएपछि उक्त पद खाली थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१