संखुवासभाका जितु राईले जिते भारतका लागि स्वर्ण पदक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार ०९:३९

योगी योगेन्द्रjitu rai

संखुवासभा , असोज ६ । संखुवासभाका जितु राईले भारतको लागि स्वर्ण पदक दिलाएका छन्। दक्षिण कोरियाको इन्चोनमा जारी १७ औ एसियन खेलकुद प्रतियोगिता एसियाडमा भारतका लागि नेपालीले स्वर्ण पदकको खाता खोलेका हो । जितु राईले शनिबार ५० मिटर एयर पेस्तोलमा स्वर्णपदक जितेका हुन्

। ”स्वर्ण पदक जित्दा जितु निकै भावुक देखिए,” जितुले ड्यासमा स्वर्णपदक ग्रहण गरेको क्षण उल्लेख गर्दै भारतीय दैनिक इण्डिएन एक्सप्रेसले लेखेको छ । नेपालमा जन्मेर पनि भारतलाई एसियाडमा स्वर्ण पदक दिलाउने सपना देखेको उनले बताएका छन् । “एसियाडमा स्वर्णपदक चुम्छुजस्तो लागेको थिएन, जितुले भावुक भने। जितुले यो पहिलो अन्तराष्ट्रिय स्वर्ण पदक जितेको भने होइन ।

जितुले यहाँ भन्दा पहिले पनि कमवेल्थ गेम्स तथा वल्र्ड च्याम्पियनसिप समेत भारतलाई स्वर्ण पदक दिलाएका छन् । स्वर्णपदक जितेपछि राइले आफ्ना प्रशिक्षक र नोपली टोलीसँग निकै खुशी देखिन्थे । भारतको उत्तर प्रदेस सरकारले एसियाडमा जित्ने संखुवासभाका जितु राईलाई ५० लाख भारतीय रुपैयाँ दिने घोषणा समेत गरिसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१