काठमाडौं । माधवकुमार नेपालले एमालेभित्रै रहेर पार्टी एकताको पहल गर्ने बताएका छन् ।
प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएपछि प्रतिक्रिया दिँदै नेपालले भने, ‘जहाँ रहे पनि जनु अवस्था रहे पनि एकताको पक्षमा रहन्छु ।’
पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’
सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनको भनाई छ ।
प्रतिक्रिया