“महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ बुढानीलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७७, मंगलवार ०५:१६

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ नगरपालिका महिला तथा बालबालिका विकास शाखाको संयोजक्त्वमा विशेष समारोह आयोजना गरिएको हो ।

संसारका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ । यहि अवसरमा बूढानीलकण्ठ नगरपालिकामा पनी महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको हो।

नगरपालिका प्रांगणमा आयोजित कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क. , बागमति प्रदेश सभा सदस्य सिता लामा, संविधान सभा सदस्य शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य लिलि थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१