धर्ममाथि विश्वास घट्दै गएकोले दुश्कर्म बढेको हो – कमल थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७७, मंगलवार ०५:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जवर्जस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वर्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले गगाडि बढ्ने ठोकुमा गर्नुभयो ।
धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तीमा रहनुभएकोले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताउनुभयो । धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मूख्य भूमिका निर्वाह गर्ने आफुले विश्वास लिएको बताउँदै अध्यक्ष थापाले महिला नेतृहरुलाई संगठन निमाणमा जुट्न निर्देशन दिनुभयो ।
स्थानीय निकायको प्रत्येक वडामा एकजना महिला प्रतिनिधी अनिवार्य रुपमा हुनुपर्छ भनी कार्यान्वयनको चरणमा पहिलो पटक प्रवेश गराउन राप्रपा सरकारमा रहेको अवस्थामा सफल भएको बताउँदै थापाले संविधान र कानुनमा मात्र महिला अधिकारको कुरा गरेर मात्र नहुने भएकोले त्यसलाई हुवहु व्यवहारमा उतार्नु आजको चुनौति रहेको प्रष्ट पार्नुभयो । महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधी चुनिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला नेतृहरु मिना सुवेदी, निना भेटवाल, मिरा कुँवर, अष्टमाया लामा लगायले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन युवा नेतृ कुमारी स्याङतानले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१