पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए के गर्छन प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७७, सोमबार ०५:२९

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताउनु भएको छ । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

अर्कोतिर उहाँले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि तयारी गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका सांसद सूर्य पाठकले जानकारी दिनुभयो ।

सांसद पाठकका अनुसार अदालतले ओलीलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको छ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाएको उहाँको बुझाई रहेको छ । पाठकले अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढाउने बताउनुभयो ।

पाठकका अनुसार प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सभामुख साझा व्यक्ति भएको भन्दै सापकोटा सिधै राजनीतिक विषयमा प्रवेश गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको तर्क रहेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नयाँ बहस सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१