क्यासिनोमा प्रहरी छापा, २२ लाख नगदसहित १० जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७७, आईतवार ०६:४९

काठमाडौं । काठमाडौंको ताहाचलस्थित क्यासिनो सीएमजी क्लबमा प्रहरीले छापा मारेका छ । अवैध रुपमा क्यासिनो खेल्ने र खेलाउने १० जना पक्राउ परेका छन् ।

अवैध रुपमा क्यासिनो खेलाइरहेको सूचनाका आधारमा प्रहरीले ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको सो क्यासिनामो करिब ५ बजे छापा मारेको थियो ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो । पक्राउ परेकामा चारजना भारतीय छन । क्यासिनोबाट २२ लाख ९६ हजार ९८० रुपैया बरामद भएको प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेकामा छ जना क्यासिनो खेल्ने र ४ जना खेलाउने रहेको प्रहरीले जनाएको छ । खेल्नेहरुमा भारत मोतिहारीका ३८ वर्षीय रंजित कुमार जैसवाल, ३५ वर्षीय सोहन प्रसाद, बिहारका ४२ वर्षीय मुमताज मिँया, कलकताका ५० वर्षीय शेख मुर्तुजा अलि, जनकपुरका ३२ वर्षीय राज कुमार सिंह र बाराका ३७ वर्षीय टिन्कु प्रसाद छन् ।

अवैध रुपमा क्यासिनो खेलाउनेहरुमा मेनेजर महेश मल्ल, सहायक मेनेजर कमल देव चौधरी, एडमिन स्टाफ अजय यादव, क्यासियर सचिन वाग्ले पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१