बढ्यो हवाई भाडादर, कुन ठाउँको कति बढ्यो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७७, शनिबार ०६:३८

काठमाडौँ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएसंगै वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको छ । शुक्रबार देखि लागुहुने गरी संघले हवाई भाडा बढाएको हो । यस अघि नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले इन्धनको मूल्य बढाएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउने निर्णयलाई स्वीकृत दिइसकेको संघले जनाएको छ । संघका अनुसार इन्धन मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएपछि इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको छ ।

संघको यो निर्णय संगै सबैभन्दा बढी काठमाडौं(धनगढी उडानको हवाई शूल्क २२० रुपैयाँ बढेको छ भने डोटी(साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको छ । यसअघि फागुन ७ मा पनि वायुसेवा संघले हवाई भाडा बढाएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१