विप्लवले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्याग्नुपर्छ :कमल थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७७, शनिबार ०६:२२

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विप्लव नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।

शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य समाचारहरुले ठाउँ नपाएको दावी गरे । उनले राष्ट्रवादी धारमा स्वतन्त्र पत्रकारिताको आवश्यक्ता रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले अहिलेको ब्यबस्थाले नेपालको हित नहुने भएकोले व्यवस्था परिवर्तन गर्ने बेला आएको बताए ।

राज्य व्यवस्था परिवर्तका लागि सबै हिन्दुवादी र राष्ट्रवादीलाई एक ठाउंमा ल्याउनुपर्नेमा उनको जोड थियो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा सम्पन्न मिडिया नेपालको राष्ट्रिय भेला दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१