कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७७, शुक्रबार ०४:२०

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा दोहोरो गोली हानाहान भएको हो ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ ।

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २५ वर्षीय गोबिन्दा सिंह रहेका छन् । बाँकी तस्कर भने फारार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना सामान्य घाइते भएको उनले बताए ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली खटिएको थियो । प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१