प्रधानमन्त्रीले तीन वर्ष ठूलो बितण्डा मच्चाउँदासम्म प्रचण्ड–माधव बोलेनन्ः नेता थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७७, शुक्रबार ०४:१७

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीले ३ वर्ष ठूलो बितण्डा मच्चाउँदा पनि केही नबोलेको बताएका छन् । उनले भने, ‘प्रचण्ड र माधव नेपाल पनि त्यही पार्टीमा रहेको र अहिले उनीहरुलाई सडकमा हेरेका छौं । उहाँहरु बोल्नुभयो ? कसैले बोलेन् । आज राष्ट्रपतिले यो गर्नुभयो, त्यो गर्नुभयो भनेर बोलिरहनुभएको छ ।’

महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले उनले नेकपा नेताहरुको लोभका कारण देशको महत्वपूर्ण समय खेर गएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदेखि नै संविधान विपरीत कार्य गर्दै आएपनि केही नबोल्ने ती पार्टीका नेताहरु लोभ पूरा नहुँदा अहिले आएर विरोध गर्न थालेको उनको भनाई थियो ।

उनले सभामुख र उपसपभामुख बनाउँदा एउटै पार्टीबाट बनाएर संवैधानिक व्यवस्थाको उल्लंघन हुँदा नेपाली कांग्रेसलाई प्रचण्ड–माधवले सहयोग नगरेको बताए । उनले नेकपाले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाएकाले कांग्रेस प्रतिपक्षमै बस्ने स्पष्ट गरे । मौका पायो भन्दैमा नेपाली काँग्रेसले दुई वर्ष सरकार चलाउने ध्येय नराख्ने उनको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१