मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७७, बिहीबार ०५:१९

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत फागुन १६ देखि फागुन २३ गते भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यही अफर समय अवधि भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्राहकले निशुल्क खाता पनि बैंक मार्फत खोल्न सकिनेछ । सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१