छोराले घर ओगटेको भन्दै बाबुआमाले गरे सम्पत्ति फिर्ताकाे माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७७, बिहीबार ०५:०९

काठमाडाैं । छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबुआमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । पर्वत कुश्मा वडा नं ५ स्थायी घर भएका हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले आज पत्रकार सम्मेलन गरी जेठो छोरा प्रेमराजले घरसहित आधा सम्पत्ति रोक्का गरेर र कुटपिटसमेत गर्दै आएको भन्दै सम्पत्ति फिर्ता गर्न माग गरेका हुन् ।

हरिबहादुरले सानो भ-याङमा भएको सानो भ–याङस्थित रु ७० हजार महिनाको भाडा आउने तीन तलाको घर ओगटेको उनीहरुले बताए । बाबु हरिकुमारले भने, “छोरीले इजरायल बसेर कमाएर पठाएको रु एक करोड ३८ लाखले घर र घडेरी किनेको हो, छोरीको नागरिकता हामीसँग नभएकाले आमाको नाममा घर पास गरिएको हो, तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१