माफियाबाट एक अर्बको प्रलोभन आएको वनमन्त्री आलेको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७७, बुधबार ०४:३९

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले माफियाबाट एक अर्बको प्रलोभन आएको दाबी गर्नुभएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको उहाँले दावी गर्नुभएको हो ।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताउनुभएको थियो ।

११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको मन्त्री आलेले स्पष्टिकरण छ ।

‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरिरहेका थिए । मैले कसैलाई भेटिन । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो ।

तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ’ उहाँको भनाई थियो । वैज्ञानिक वन कार्यक्रमका नाममा वन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१