एप्पलको घडी चलाउने ड्राइभर जेलमा जाकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार ०६:२४
apple-watchएप्पलले हालै सार्वजनिक गरेको र अर्को वर्षदेखि बजारमा आउने भनिएको स्मार्टवाच ‘एप्पल वाच’ ले सवारी चालकलाई जेल पूराउने खतरा छ ।सवारी विज्ञहरुले गाडी चलाउने चालकहरुका लागि एप्पलको स्मार्टवाच खतरनाक हुने चेतावनी दिएका छन् ।यो स्मार्टवाचमा फोनकल उठाउन मिल्ने, मेसेज चेक गर्न मिल्ने तथा आफ्नो स्वास्थ्य सम्बन्धि विभिन्न तथ्य समेत जाँच गर्न मिल्ने भएकाले गाडी चलाइरहेका बेला समेत चालक यो ग्याजेट चलाउन लालायित हुने र त्यसरी दुर्घटना तथा सवारी नियम उल्लंघनका घटना बढाएर चालकलाई सजायको भागिदार बनाउने खतरा रहेको बताइएको छ ।
सवारी चलाउँदा मोबाइलको प्रयोगका कारण हुने दुर्घटना जस्तै एप्पलको स्मार्ट वाचले पनि त्यस्तै घातक दुर्घटना निम्त्याउने सक्ने र त्यसबाट सवारी चालक सजायको भागिदार हुने डेलीमेलले लेखेको छ ।लण्डनमा रहेको इन्स्िटच्युट अफ एडभान्स्ड मोटोरिस्टले यस्ता खाले स्मार्ट वाचले ड्राइभिङमा उल्लेखनीय खलल पूराउन सक्ने चेतावनी दिएको छ ।
यो संस्थाले बेलायतमा सन् २००६ देखि २०१० सम्म गरेको अध्ययन अनुसार त्यहाँ सो अवधिमा स्मार्टफोनकै कारण १,९६० वटा सडक दुर्घटना भए जसमध्ये १ सय १० दुर्घटना घातक थिए ।अझ मोबाइल एउटै हातले समेत चलाउन सकिने तर स्मार्टघडीको प्रयोग गर्दा दुबै हातको प्रयोग हुने भएकाले त्यसले गम्भीर सवारी दुर्घटनाको जोखिम अझै बढाउने चेतावनी विज्ञको छ ।
उता बेलायतको यातायात मन्त्रालयले गाडी चलाइरहेको बेला एप्पल वाचको प्रयोग गरेमा मोबाइल प्रयोग गरे जत्तिकै सजाय गरिने स्पष्ट पारिसकेको छ ।बेलायतमा सवारी चलाउँदा मोबाइल प्रयोग गरेमा विभिन्न ३ चरणमा गरी १ सय पाउण्ड सम्म जरिवाना तथा २ वर्ष सम्म कैद हुन्छ भने अमेरिकामा १० हजार डलर सम्म जरिवाना र १ वर्षसम्म कैद हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१