‘संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७७, मंगलवार ०५:२८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको काम जनमुखी हुनुपर्ने बताएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा सभामुख सापकोटाले संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गरे ।

संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको भन्दै सभामुख सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताए । नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको उनको भनाई छ । उनले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताए ।

उनल पुस ५ गते देखि नेपालको संविधानका विषयमा धनीभूत रुपमा बहस भएको बताउदै नेपालको मौलिकतालाई आत्मसात गरेको संविधानलाई संशोधन गरेर भए पनि अझै मौलिक बनाउन सकिने उनले जिकिर गरे ।

पुस ५ गते देखि नेपाली पत्रकारीता जगत ६६ दिन निरन्तर तातिएको बताउँदै संविधानका महानतम विषयवस्तुकाबारे बहस भएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१