मरुभूमिमा बन्यो बगैँचा, माली घुन्छन् हेलिकप्टरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७७, मंगलवार ०५:२२

एजेन्सी । हाम्रो देश आफैंमा बगैँचा हाे । याे प्राकृतिक रुपमा आफैं सिगारिएको छ । हिमाल, पहाड, तराई त्यसैपनि मनमोहक छटाले भरिएको छ, नेपाल । यसलाई झन् मिहेनत गरेर बनाउने हो भने के होला ? कल्पना गर्नुस् त ! तर मरूभूमिकाे देश दुबई भने मानिसहरूले सहरलाई नै बगैँचा बनाएका छन् ।


दुबई जाने जाेकाेही मानिसकाे त्यहाँकाे मानव निर्मित बगैँचाले सबैको मन खिच्ने गरेकाे छ । दुबईका सहरहरूमा १३ लाख वर्ग किलोमिटर क्षेत्रमा ६ करोड फूल लगाइएको छ । अहिले दुबईमा फूलको मौसम छ । तपाईं जहाँ गएपनि जताततै फूलैफूल देख्न सक्नुहुन्छ ।

सडक किनारमा फूल लगाउन रङ्ग मनोविज्ञानलाई ख्याल राखिन्छ । उदाहरणका रुपमा धेरै सवारी साधनको चाप र बढी ट्राफिक हुने क्षेत्रका सडकमा शान्त, सुखद् र सकारात्मक उर्जा दिने रङ्गको फूल लगाइन्छ । ट्राफिकका कारण हुने तनाव कम गर्नका लागि यसो गरिएको हो । मालीहरुको एक टोली यी बगैँचाको हेरबिचार गर्छन् । कतिपय मालीहरु हेलिकप्टरमा बसेर बगैँचा कस्तो देखिएको छ भनेर निरिक्षण गर्दछन् ।

दुबई सन् १९७१ मा बनेको हो । त्यतिखेर शेख जायद र शेख राशिदले मरुभूमि दुबईलाई हराभरा बनाउने लक्ष्य लिएका थिए । त्यतिबेला देखि नै यसप्रकारको कोसिस जारी रहेको छ । यहाँ यो पटक पेटुसिया, सदाबहार जिनिया, साल्विया आदि प्रकारका फूल फूलेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१