टियुको लेखाशास्त्र विषय समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा मनोनित !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७७, मंगलवार ०४:३५

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा त्रिभुवन विश्वविद्यालयको लेखाशास्त्र विषय समितिको सदस्यमा मनोनित भएका छन् । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैशिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ७७ को नियम ३२१ ले व्यवस्था गरे अनुसार व्यवस्थापन संकाय अन्तर्गतका शैशिक तथा अनुसन्धान कार्यक्रमका विषयहरुको लागि प्राज्ञिक निकायको रुपमा काम गर्ने गरी देवकोटालाई २०७७ साल मङ्सिर २८ गतेदेखि लागु हुनेगरी सो समितिको सदस्य पदमा ३ बर्षका लागि मनोनित गरिएको हो ।

उनले स्नातकदेखि स्नातकोत्तरसम्ममा एकाउन्टेन्सी विषयमा कोर्स डिजाइन, कोर्स सत्तरोन्नति लगायतका काममा भूमिका खल्नेछन् । सिए देवकोटा हाल नेपाल बंगलादेश बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत छन् । लामो विषयदेखि लेखा विषय अध्यापन गराउंदै आएका सिए देवकोटाले आफुलाई उक्त समितिमा मनोनयन गरेकोमा टियुलाई धन्यवाद दिंदै आफुले सकेको योगदान दिने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१