जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र आयुष्मान माल्दिभ्समा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७७, सोमबार ०४:५१

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्स पुगेका छन् । उनीहरु जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेका हुन् ।

नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । उनीहरु गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१