महिलाहरूलाइ कामुक बनाउँछ डिप्रेशनको औषधीले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार ०६:१४
काठमाडौँ ,७ असोज ।  डिप्रेशनबाट पिडित महिलाहरूमा भलै डिप्रेशनको औषधीले कम नगरोस्, तर यो औषधीले महिलाहरूमा लुकेर बसेको सेक्सको इच्छालाइ भने जागृत गर्दछ । एक अध्ययनमा यो कुराको खुलासा भएको छ कि महिलाहरूमा एन्टी डिप्रेशनको औषधीले भियाग्राले जस्तै काम गर्दछ । यो औषधी कम कामवासना भएका महिलाहरूका लागी निकै असरदार हुने गर्दछ । अनुसन्धानमा के पाइयो भने फिलिबेनसरीन नाम को यो औषधी डिप्रेशनको रोग भएका महिलाहरूलाइ दिने गरिन्छ ।
तर यो सेक्स को भावनाहरूलाइ बढाउनमा निकै असरदार हुने गर्दछ । यूनिभर्सिटी अफ नर्थ केरोलिनाका स्त्री रोग विशेषज्ञ प्रोफेसर जोन एम थार्पका अनुसार यो ट्रायल एक थेरापीमा आधारित छ, जुन कम कामवासनाको शिकार महिलाहरूको दिमागमा सेक्सको चाहना उत्पन्न गर्दछ । उनले बताए अनुसार फिलिबेनसरिन डिप्रेशनको औषधी हो, तर यसले डिप्रेशनमा निकै कम मात्र काम गर्दछ ।
उनले बताए अनुसार पुरूषहरूमा इरेक्टाइल डिसफङ्क्सन बढिरहेको छ । त्यसरीनै महिलाहरूमा पनि सेक्सको कम इच्छा हुने कुरा सामान्य बन्दै गैरहेको छ । तर डिप्रेशन को औषधीले ती महिलाहरूमाथी उल्टो र चमत्कारिक असर गर्दछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१