मनास्लु वल्ड कलेजमा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७७, आईतवार ०४:४९

काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित मनास्लु वल्ड कलेजले स्थापना गरेपछिको कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि कलेजकै पहिलो स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रम चाबहिलस्थित स्मार्ट पार्टि प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा कक्षा ११ को विद्यार्थीहरूलाई स्वागत गरिएको थियो।

सो कार्यक्रममा मुख्य अथितीको रूपमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रममा मनास्लु वल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले सभापतिको भूमिका निर्वाह गर्नुभएको थियो। त्यस्तै अतिथिको रूपमा मनास्लु वल्ड कलेजका प्रधानध्यापक राजन श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, राष्ट्रिय कलाकार प्रकाश सपुत, एलिना चाैहान,बरिष्ट पत्रकार ऋषी धमला लगाएतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका मुख्य अतिथी शिक्षा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनी करणको आवश्यकता रेहेको बताउनुभयो, पुरानो पाठ्यक्रम अनुसार पढाउनाले पछाडि परिने बताउंदै हाल कोरोनाले पारेको शिक्षाप्रतिको असरबाट शिक्षा क्षेत्र बाहिर निस्कन खोजेको बताउनुभयो। आजका विद्यार्थीहरूले राजनितीमा चाँसो गर्नुपर्ने, उनीहरूले राजनितीलाई नकारात्मक रूपमा हेर्ने गरेकालेनै आजको नेपालको राजनितीक भविष्य उज्वल नरहेको समेत बताउनु भयो ।

कार्यकममा अतिथीको रूपमा मनास्लु वल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले मनास्लु वल्ड कलेजको बारेमा जानकारी दिंदै कोभिडको समयमा हामीले यो कलेजको स्थापनाको लागि धेरै खटेको बताउनुभयो। हाम्रो मेहेनतको नतिजा स्वरूप हामीले पहिलो बर्षमा धेरै विद्यार्थी भर्ना गर्न सफल भयौं।

कार्यक्रममा बरिष्ठ पत्रकार ऋषी धमलाले शिक्षा क्षेत्र निकैनै महत्वपुर्ण क्षेत्रको रूपमा रहेको र सरकारबाट सहयोग आवश्यकता भएको बताउनुभयो। यसैगरी मनास्लु वल्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापतिले गेन्द्र लामा कलेजको शिक्षा क्षेत्रमा केही नयाँ गर्ने उदेश्यका साथ मनास्लु कलेजको स्थापना र हाम्रो उद्धेश्य विद्यार्थी भर्ना गर्नु मात्र नभएर विद्यार्थीलाई सहि र असल बनाउनु पनि भएको अध्यक्ष लामाले बताउनु भयो।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय कलाकार प्रकाश सपुत, एलिना चाैहान, हाँस्य कलाकार राजा राजेन्द्र पाैडेल लगायत कलेजमा अध्यनरत विद्यार्थीहरुको प्रस्तुति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१