संसदमा सांसद खरिद बिक्री हुने सम्भावना बढ्यो: प्रदीप ज्ञवाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७७, आईतवार ०४:२९

काठमाडौं। परराष्ट्रमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुने आशंका व्यक्त गरेका छन् ।

ज्ञवालीले शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् ।

दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको उनले बताए ।

साथै उनले आफूहरू संविधानको सर्वोच्चता भन्ने शक्तिहरु भएको र विधिको शासनमा विश्वास गर्ने शक्तिहरु भएको पनि बताए ।

‘हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं, न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ, हामी त्यसलाई कार्यान्वयन गर्छौं,’ ज्ञवालीले भने ।

उनले कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? भन्दै प्रश्न गरे ।

उनले सांसद् फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने भन्दै शंका व्यक्त गरे । मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।

साथै उनले सरकारले तीन वर्षमा गरेको उपलब्धीका कारण नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति भएको दाबी समेत गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१