नवनियुक्त प्रदेश प्रमुख झाको क्रियाकलापप्रति मन्त्रीको आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७७, शुक्रबार ०५:४२

जनकपुर । पूर्व माओवादी कोटाबाट प्रदेश प्रमुख रहेका तिलक परियारलाई रातारात बर्खास्त गरी प्रदेश प्रमुख बनेका राजेश झा (अहिराज)को क्रियाकलापप्रति प्रदेश नं. २ का राज्यमन्त्रीले आपत्ति जनाएका छन् ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवले प्रदेश प्रमुख राजेश झाले असंवैधानिक क्रियाकलाप गर्दै प्रदेश सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाएका हुन् । उनले सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको बिरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु आपत्तिजनक रहेको बताए ।

उनले समाजिक संजालमा यस्तो लेखेका छन्– “सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीति नियुक्ति स्वत बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ । साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको निरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु समेत आपत्तिजनक रहेको छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१