प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंग्यायो, पूर्वमाओवादीलाई ३५, पूर्वएमालेलाई ३३

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७७, मंगलवार ०४:४१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । ती जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

सहमतिअनुसार, पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–नेपाल समूहले हिजो मात्र संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा मिलाउने ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।

प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यका अनुसार बाँकी रहेका जिल्लाको नेतृत्व चयनमा बराबरीको भागवण्डा मिलाइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१