विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेश भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव आइतबार बसेको बैठकमा पेश भएका हुन् । बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गरेका छन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षका मन्त्री र सांसदहरु भने अनुस्थित थिए ।
नेकपा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये चार जना सांसदले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।
प्रदेशसभामा रहेका ९३ मध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन् ।
नेकपाका ६७ मध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।
प्रतिक्रिया