भारत पुगेपछि पूर्वप्रधानमन्त्री भट्टराईलाई लाज लाग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७७, सोमबार ०३:५३

काठमाडौं । पेटमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि भारत जानु भएको छ । उहाँले आफ्नो उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको भन्दै सामाजिक सञ्जालमार्फत पीडा पोख्नु भएको छ ।

उहाँ आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँले लेख्नु भएको छ, ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिॅदै गर्दा आफू लज्जित–दुःखित भएको छु ।

२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ ट्वीटरमार्फत उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद दिनु भएको छ ।

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उहाँ नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जानु भएको हो । भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।

उहाँ चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा उपचारत हुने जनाइएको छ । पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आउँनु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१