खेलकूद पत्रकार सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७७, आईतवार ०५:०८

काठमाडाैं । नेपाल व्यायाम मन्दिरले साधारण सभाका दौरान खेल पत्रकारलाई पनि सम्मान गरको छ । खेल पत्रकारिताको माध्ययमबाट व्यायाम मन्दिरले गर्दै आएको विभिन्न क्रियाकलापका साथै शारीरिक सुगठनमा राष्ट्रकै उच्च सम्मानित शहिद धर्मभक्त माथेमाको नाममा रहेको धर्मश्रीको प्रचार प्रसारलाई निरन्तरता प्रदान गर्दै नेपाल व्यायाम मन्दिरको बिकास र विस्तारमा गर्दै आएको योगदानको मुल्याङ्कन गर्दै पत्रकारहरूलाई सम्मान गरिएकाे हाे ।

यसरी सम्मानित हुनेहरूमा नेपाल समाचारपत्रका खेल संचारकर्मी श्री कविरस शर्मा र राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार शाखाका दामोदर अर्याल रहेका छन् । उनीहरूलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

सम्मानित सञ्चारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद पूर्व रक्षामन्त्री भिमसेन दास प्रधानले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०