जगडोल झन्डा पार्कमा रास्ट्रिय झण्डाको पटक पटक अपमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७७, बिहीबार ०५:०४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको झन्डा पार्कमा रहेको रास्ट्रिय झन्डाको पुन अपमान भएको छ।केहि दिन अगाडी अज्ञात समुहले तोडफोड गरेको झन्डा र स्ट्यान्ड वडा कार्यालय र स्थानीयहरुको सक्रियतामा पुन निर्माण गरिए पनि गत शुक्रवार पुन तोडफोड भएको छ।

पहिलो पटक कुनै अराजक समुहको कारण त्यस्तो भएको मानिए पनि पटक पटक यस्तो हुँदा भने विविध प्रश्न उठन थालेको छ। रास्ट्रको शान र पहिचान बोकेको झन्डा को यसरि अपमान हुँदा पनि त्यसका दोषीलाई पक्राउ गरेर कारवाही गर्न नसकेको भन्दै प्रहरी प्रशासन प्रति स्थानीय आक्रोसित बनेका छन भने नगरपालिकालाई पनि आवस्यक पहल गर्नका लागि अपिल गरेका छन ।

दुई पटक सम्म पर्यटकीय स्थानमा भएको यस्तो अराजक गतिविधिले निकै लाजमर्दो भएको भन्दै स्थानीयहरुले यथासीघ्र दोषीलाई कारवाही हुनुपर्ने अन्यथा आफुहरु विरोध प्रदर्शनमा उत्रिने भन्दै एक स्थानीयले आक्रोस पोखेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१