कपन आनिगुम्बाका जनप्रतिनिधि र स्थानीयहरु संग डा. राजन भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७७, बिहीबार ०४:५२

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१०,११,१२ सहित काठमाडौँ महानगरपालिका वडा नं.६ र ७ को खहरे खोला आसपासको क्षेत्र बर्षाको समयमा सधैँ डुबानमा पर्ने समस्या डा. राजन भट्टराईको पहलमा समाधान हुने भएको छ ।

घना र अव्यवस्थित बस्तीका कारण खहरेले ओगटेको क्षेत्रमा पहिले ढल हाल्दा पनि डुबानको समस्या समाधान नभएपछि बूढानीलकण्ठ नगरपालिकाले शहरी बाढी सम्बन्धि विशेषज्ञहरुको सहयोगमा तयार गरेको डिपीआरको आधारमा ४५ करोड बजेट बिनियोजन गर्न सकिएको डा.भट्टराईले बताए ।May be an image of 8 people, people standing and people sitting

कपन आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधान गर्न नेतृत्व गरेका भट्टराईले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालयको सहयोगमा काठमाडौं उपत्यका विकास प्राधिकरणले टेन्डर निकालेको हो ।

टेन्डर सूचना

No description available.

बूढानीकलण्ठ नगरपालिका वडा नं.१० का वडाध्यक्ष नवराज भट्टराईले भने, “निर्वाचित सांसद भाषण गर्न व्यस्त हुदैँ गर्दा डा. राजन भट्टराईले जनताको पक्षमा काम गरेर इमान्दारिता प्रस्तुत गर्नुभएको छ । हामी डुबान क्षेत्रका बासिन्दाहरु डा.भट्टराईको योगदानलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

यसैगरी बूढानीलकण्ठ ११ का वडाध्यक्ष राजु अधिकारी भन्छन्, ‘सधैँका बर्षहरुमा डुबान क्षेत्रको रुपमा रहेको बूढानीलकण्ठ वडा नं.११ आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधानमा डा. राजन भट्टराईले गरेको योगदानलाई म लगायत स्थानीयवासीहरु मुक्तकण्ठले प्रशंसा गर्दछौँ ।’

बूढानीलकण्ठ नगरपालिका वडा नंं.१२ का वडाध्यक्ष शम्भु भट्टराईले खानेपानी, मोटर बाटो र डुबान नियन्त्रणका लागि डा.राजन भट्टराईले पुर्याएको योगदान यस क्षेत्रका बासिन्दाले बाचुन्जेल नभुल्ने बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई,नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य मिठाराम अधिकारी,नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , स्थानीय टोल सुधार समितिका अध्यक्ष राजन आचार्य सहित आनिगुम्बा क्षेत्रका डुवान पिडित स्थानीयहरुको उपस्थिति रहेको थियो।May be an image of 3 people, people standing, people sitting and text that says 'WELCOME'May be an image of one or more people, people standing and outdoorsMay be an image of outdoorsMay be an image of tree and body of water

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१