चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७७, बुधबार ०५:००

भक्तपुर । चाँगुनारायण नगरपालिकाले ४१ करोडको लागतमा वडा नं ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न नयाँ भजन निर्माण गर्ने भएको छ । यहाँको सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओइसी भवन, छ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर तथा नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल ४१ करोड ३४ लाख, २५ हजार ३ सय ७२ को लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन तीन हजार ६ सय ४० स्क्वायरफिटमा छ तलाको हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले चाँगुनारायण नगरपालिकाभित्र जनताको जग्गा अधिग्रहण गरी निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित धेरै भवन अलपत्र र खाली रहेकाले तीमध्ये केही भवन नगरपालिकालाई दिएको भए राज्यको खर्च घट्न सक्ने बताए। उपयोग हुन नसकेका संरचनाको उपयोगमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँदै नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि ६० करोडको लागत घटाइएको बताउँदै आवास र अतिथिगृह भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण हुने बताए । निर्माण हुने भवनमा ५ सय जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउँदै उनले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताए ।

ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥याङमा बसेरसमेत काम गर्नुपर्ने अवस्था आएको र तीन वटा भवन भाडामा लिनुपर्ने समस्या नयाँ भवन निर्मणसँगै हट्ने उनको भनाइ छ । विद्युत् प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिबद्धता जनाए पनि प्राधिकरणले दिन नमानेपछि बाध्य भएर नयाँ भवन बनाउनुपरेको मिश्रले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१