१३ वटा जिल्ला शाखालाई आपतकालीन झोला हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७७, बुधबार ०४:५२

बागमती। सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नेपाल पत्रकार महासंघका बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला शाखालाई विपद् तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत आपतकालीन झोला हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा मंगलबार (फागुन ४, २०७७) आयोजित कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई आपतकालीन झोला हस्तान्तरण गरेका छन् । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले ललितपुर र भक्तपुर शाखालाई आपतकालीन झोला हस्तान्तरण गरेपछि १३ वटै जिल्लामा ती सामग्री हस्तान्तरण भएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औ अधिवेशनमा सहभागी हुन आएका नेपालभरका पत्रकारको वीचमा आपतकालीन झोला हस्तान्तरण गरिएको थियो । हस्तारण गरिएका आपतकालीन झोलामा ल्यापटप,पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेका छन् ।

प्रत्येक जिल्लालाई दुई सेट सामग्री रहेको झोला वितरण गरिएको छ । विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउँछन् र रिपोर्टिङबाट फर्किएपछि ती झोला नेपाल पत्रकार महासंघका सम्बन्धित शाखामा हस्तान्तरण गर्नुपर्नेछ ।

यस अघि माघ ३० गते हेटौडामा आयोजित कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालयले नेपाल पत्रकार महासंघका रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, चितवन र मकवानपुर शाखालाई ती आपतकालीन झोला हस्तान्तरण गरिएको थियो ।

त्यस अघि पुस २४ गते पत्रकार महासंघका धादिङ शाखालाई धादिङबेसीमा, पुस २७ गते दोलखा शाखालाई चरिकोटमा, माघ २५ गते सिन्धुपाल्चोक शाखालाई चौतारामा , माघ २४ गते काठमाडौ शाखालाई काठमाडौमा, माघ १३ गते रसुवा शाखालाई रसुवामा र माघ २८ गते सिन्धुली शाखालाई सिन्धुलीमा आयोजित कार्यक्रममा आपतकालीन झोला हस्तान्तरण गरिएको थियो ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले बागमती प्रदेशमा क्रियाशिल पत्रकारको हितमा गरिएको यो प्रयासले स्थलगत भ्रमण गरी गुणस्तरीय समाचार उत्पादनमा सहयोग पुग्ने र पाठक,स्रोता र दर्शकले गुणस्तरीय सूचना पढन, सुन्न र हेर्न पाउने आशा र विश्वास लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१