अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना गर्दै प्याब्सक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७७, बुधबार ०४:४६

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सक) ले अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्याब्सकले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी फुटसल प्रतियोगिता माघ ५ देखी ७ गते सम्म सञ्चालन गर्ने बताएको हो । प्याब्सनमा आवद्ध विद्यालयबीच रहेको प्रतियोगिता कपनस्थित ग्रिनह्विच फुटसलमा हुनेछ ।

प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० विद्यालयहरुको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जानकारी दियो ।

यस्तै बेष्ट प्लेअर, म्यान अफ द टुर्नामेन्ट, बेष्ट गोलकिपर, टप स्कोलर, बेष्ट फेयर प्लेअरलाई समेत ट्फीद्धारा सम्मान गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१