काँग्रेसका महासमिति सदस्य गुरुङले दिए भोटखोलाको पाँच वडालाई फर्निचर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७७, मंगलवार ०४:४४

संखुवासभा । नेपाली काँग्रेसका महासमिति सदस्य किशोरकुमार गुरुङले भोटखोला गाउँपालिकाका पाँच वटा नै वडालाई फर्निचर उपलब्ध गराएका छन् ।
सोमबार नेपाली काँग्रेसले आयोजना गरेको विरोधसभा कार्यक्रमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथी काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको हातबाट सहयोग सामग्री हस्तान्तरण गरेका थिए । प्रमुख अतिथी जोशीले भोटखोला गाउँपालिका काँग्रेसका सभापति र प्रतिनिधीहरुलाई पालैपालो सामग्री हस्तान्तरण गरेका थिए ।
काँग्रेसका महासमिति सदस्य गुरुङले नेपाली काँग्रेस भोटखोला गाउँपालिका स्तरीय ५ वटा नै वडा कार्यालयलाई फर्निचरहरु उपलब्ध गराएका हुन् । जिल्लाको उत्तरी दुर्गम र विकट क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका पाँच वटा नै वडालाई एक÷एक थान अफिस टेवल, १०÷१० थान कुर्सी, कार्यालय ब्यानर बोर्ड लगायत उपलब्ध गराएका हुन् । नेपाली काँग्रेसका क्रियाशिल साथीहरुको भेला र बैठक गर्नका साथै अफिसियल कामकाज गर्न सहजहोस भनेर आफूले सक्ने सहयोग ब्यक्तिगत रुपमा उपलब्ध गराएको महासमिति सदस्य गुरुङले बताए । उनले सदरमुकाम खाँदबारीबाट भोटखोला सम्म आफ्नै खर्चमा ढुवानी गरेर सामान पु¥याई दिने समेत बताए । ‘सम्पूर्ण सामान खरिद गर्न र ढुवानी खर्च समेत गरि कुल ८५ हजार रुपैया खर्च भयो । वडा कार्यालयलाई आफूले सक्ने सहयोग मात्रै गरेको हो ।’—महासमिति सदस्य गुरुङले भने ।
यसअघि काँग्रेसको विरोधसभा कार्यक्रमका सिलसिलामा भोटखोला पुगेको समयमा महासमिति सदस्य गुरुङले भोटखोलाका पाँच वटा नै वडालाई चाहिने अफिसियल सामानहरु सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए वडा कार्यालयका सामानहरु प्राप्त गरेपछि भोटखोला गाउँपालिकाका वडा सभापतिहरुले खुशी ब्यक्त गरे । ‘अब काँग्रेसलाई अझै चलायमान बनाउन सजिलो भयो । अफिस नहुदाँ फायलहरु काँहा राख्ने, भेला भयो काँहा बस्ने भन्ने समेत समस्या थियो । अव पार्टीका विभिन्न क्रियाकलापहरुलाई समेत ब्यबस्थित रुपमा बनाउन लागि पछौ ।’—भोटखोला गाउँपालिका सभापति डुक्पा भोटेले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१