माँझी बस्तीका बारेमा आएका समाचारहरू सत्य होईनन्, म सबैको पर्दाफास गर्छु : नायिका खड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०४:१२

काठमाडौं । चर्चित अभिनेत्री श्वेता खड्काले आफुलाई बिचलित तुल्याउनेहरुको खेलको सप्रमाण पर्दाफास गर्ने बताउनु भएको छ । आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकीकृत माँझी बस्तीको बारेमा आएका समाचारहरू सत्य नभएको बताउनु भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उहाँले माझी बस्तीका केही व्यक्तिहरूसँग लिएको अन्तर्वार्तालाई सम्पादन गरेर एकीकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका भ्रामक सूचना सम्प्रेषण भएकोमा आपत्ति जनाउनुभयो । खड्काले गलत र तथ्यहीन समाचारको खण्डन गर्दै यथार्थ के हो भन्ने बारेमा सबै सामु स्पष्ट पार्न चाहन्छु,’ उनले भनिन्, ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन भन्नु भएको छ ।

अभिनेत्री खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौतीसमेत दिनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘मैले श्वेताश्री फाउण्डेशनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिक्रिया पाइरहेकी छु । तर, जसले मलाई फाउण्डेशनको नाममा पैसा उठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१