विक्रम पाण्डेको कालिका पावरको ११ करोड आम्दानी, देशकै ठूलो जलविद्युत् कम्पनीका रुपमा स्थापित गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०३:५८

काठमाडौं । कालिका पावर कम्पनीले हालसम्म ११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको आज यहाँ सम्पन्न १३औँ साधारणसभामा हालसम्म विद्युत् बिक्री गरेर ११ करोड २७ लाख ७३ हजार ३ सय ३६ आम्दानी गरेको जानकारी दिईएको हो । कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा पाँच करोड ३६ लाख कमाएको छ ।

कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तिय अवस्थामा सुधार आएको बताए । उनकाअनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ । विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत् बिक्री गरेर आम्दानी गरेको छ । बिसं २०६४ फागुन २४ गते दरौदी कालिका हाइड्रो प्रालिका रुपमा दर्ता भएको संस्था बिसं २०७२ असोजदेखि पब्लिक कम्पनीमा परिणत भएको थियो । पब्लिक कम्पनीमा परिणतपछि कालिका पावर कम्पनी लिमिटेडका रुपमा काम तथा कारोबार गर्दै आइरहेको छ ।

कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावट विद्युत्को व्यापारिकरुपमा उत्पादन गर्दै आएको छ । कालिका पावरले छिटै चार वटा जलविद्युत् आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडि बढाएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध सञ्चालक, पूर्वमन्त्री विक्रम पाण्डेले कालिका पावर देशकै ठूलो जलविद्युत् कम्पनीका रुपमा स्थापित गरिने बताए । उनले भने, “चार वटा परियोजना पाइपलाइनमा छन् ।” ऊर्जा क्षेत्रमा हुने लगानीले देशकै अर्थतन्त्रमा सघाउने भएकाले जलविद्युत् कम्पनीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकार अग्रसर बन्नुपर्ने पाण्डेले बताए।

कम्पनीका सञ्चालक गुरुङले हाइड्रोपावरमा हुने लगानी दीर्घकालिन भएकाले तुरुन्तै प्रतिफल खोज्नुभन्दा भविष्यमा पाइने राम्रो प्रतिफलको प्रतीक्षा गर्नुपर्ने बताए । सेयर मार्केटमा हाइड्रोवारको आकर्षण राम्रो भएकाले शेयर लगानी गर्ने बढेको उनले बताए । अर्को वर्षदेखि कालिका पावर कम्पनीले शेयरधनीलाई बोनस दिनसक्ने अवस्थामा पुग्ने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१