‘बाबुरामजी र म एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा एकै ठाउँमा छौं’ : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०३:५५

काठमाडौं । शनिवार काठमाडौंमा आयोजित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन समारोहले लामो समयपछि पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई एउटै मञ्चमा भेट गराए ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सो पुस्तक विमोचन समारोहमा प्रचण्ड एक वक्ता थिए ।

प्रचण्डसहित सो समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थिति थियो ।

सो समारोहमा प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए ।

प्रचण्डले भने, ‘हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१