मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७७, शनिबार ०५:०५

काठमाडौं । मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामि फागुन २१ र २२ गते लुम्विनी प्रदेशको बुटवलमा हुने भएको छ । शुक्रबार अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न मिडिया नेपालको केन्द्रिय कार्यसमिसितको बैठकले सो निर्णय गरेको हो ।

भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा उपाध्यक्ष सूर्य वास्तोला र केन्द्रिय सदस्य पुरु दाहाल सदस्य रहेको राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ । यसैगरी अध्यक्ष पौड्यालको संयोजकत्वमा उपाध्यक्षद्वय सुवेदी तथा वास्तोला, कोषाध्यक्ष राधिका जोशी र केन्द्रिय सदस्य विकल श्रेष्ठ सदस्य रहेको आर्थिक व्यवस्थापन समिति तथा कोषाध्यक्ष जोशीको संयोजकत्वमा सचिव कृष्ण खनाल तथा केन्द्रिय सदस्यहरु विजय रावत र विकल रेग्मी रहेको प्रचार–प्रसार समिति गठन गरेको छ ।

images
यस्तै पत्रकार महासंघको महाधिवेशन नजिकिएको अवस्थामा सो को समन्वय गर्न अध्यक्ष गोपाल पौड्यालको संयोजकत्वमा सचिव मुकुन्द ढुंगाना र केन्द्रिय सदस्य गणेश कुमार शर्मा सदस्य रहेको महाधिवेशन समन्वय समिति गठन गरिएको छ । यसैगरी बैठकले देशका पछिल्लो राजनीतिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै मिडिया नेपालले सबै सञ्चारकर्मीलाई दलगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय हितमा कलम चलाउन तथा राष्ट्रिय एकतामा गम्भीर हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१