रिहा भएपछि झाँक्रीले भनिन्, ‘चर्को दवावले ओली सरकार मलाई छाड्न बाध्य भयो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०७७, शुक्रबार ०४:२०

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले चौतर्फी दवावका कारण सरकार आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन् । अपराध महाशाखाबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले यस्तो बताएकी हुन् ।

झाँक्रीले आफू पक्राउ परेपछि सरकारको विरोध गर्दै आफ्नो समर्थनमा सडकमा देखिएको भीड र चरम दवावका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी हुन् ।

झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार तानाशाहको बाटोमा हिँडेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुनै हालतमा कुण्ठित नहुने पनि दावी गरिन् । उनले आफूहरुले अहिलेको लडाइँ जित्ने पनि दावी गरिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१