सेवा विस्तार गर्दै मेडिकल कलेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १२:००

काशीराम शर्मा

बाँके ६ असोज । नेपालगन्ज मेडिकल कलेजले मिर्गौला प्रत्यारोपण, मुटुको एन्जियोप्लास्टी र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको छ । मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनौडियाले किड्नी प्रत्यारोपण, मुटुको इन्जियोप्लास्टी र न्युरो सर्जरी सेवा प्रदान गर्नेतर्फ कलेजले तयारी गरि रहेको जानकारी दिए ।

‘६ महिना भित्रै एन्जियोप्लास्टी सेवा सुरु गर्ने छौँ,’ डा. कनौडियाले भने, ‘गङ्गालाल हृदयरोग केन्द्रबाट मुटुरोग विशेषज्ञ चाँडै आउँदैछन् । एडभान्स सिटिस्क्यान मेसिन ल्याउने तरखरमा छौँ ।’ भौतिक पूर्वाधारका हिसाब नेपालगन्ज मेडिकल देशभरिकै मेडिकल कलेजमा अगाडि आउने दाबी गर्दै डा. कनौडियाले जनशक्तिको समस्या भएको बताए । ‘भौतिक संरचनाको अभाव छैन’, उपकरण पनि ल्याउन सकिन्छ तर, जनशक्तिको अभाव छ,’ डा. कनौडियाले भने ।
‘विशिष्ठ विशेषज्ञ सेवा त दिइरहेका छौँ, तर विशिष्ठ विशेषज्ञ (सुपर स्पेसियलिस्ट) सेवा भने दिन सकिरहेका छैनौ,’ उनले भने । सुपर स्पेसियलिस्ट चिकित्सक आउने भएमा जति पनि पारिश्रमिक दिन तयार रहेको डा. कनौडियाले बताए । प्याथोलोजीका ७ जना डाक्टर छन्, जब कि सरकारी अस्पतालमा समेत ल्याब टेक्निसियनबाटै काम चलाइ रहेको अवस्था छ ।
मध्य र सुदूर पश्चिम मेडिकल कलेजमा बेहोस पार्ने १० जना चिकित्सक छन् । मानसिक रोग सम्बन्धी ४ चिकित्सक छन् । न्युरोलोजीमा दुई जना छन् एक जना चाँडै आउँदै छन् । मडिकल कलेजको भवनले मात्रै नौ लाख वर्ग मिटर क्षेत्र ओगटेको छ । नेपालगन्ज, कोहलपुर र चिसापानी तिन ठाउँमा कजेल सञ्चालनमा छ । शिक्षक र विद्यार्थी सबैलाई आवासको व्यवस्था छ ।
त्यस्तो सबै विद्यार्थी र शिक्षकको आवास व्यवस्था भएको मेडिकल कलेज नेपालगन्ज सहित पोखराको मणिपाल र बिरगन्ज मेडिकल कलेज मात्र हुन् । सन १९९७ मा स्थापना भएको नेपालगन्ज मेडिकल कलेजमा १७ वर्षको अवधिमा ९० प्रतिशत प्रोफेसरहरु नियमित रहेका छन् । नेपालगन्ज मेडिकल कलेज प्रभाव क्षेत्र मध्य र सुदूर पश्चिममा ६० लाख नागरिक रहेका छन् ।
७५ बेडबाट सुरु भएको मेडिकल कलेजमा अहिले १ हजार बेड छन् । कोहलपुरमा ७ सय र नेपालगन्जमा ३ सय बेड सञ्चालनमा छन् । मेडिकल कलेजमा सिसियु र आइसियु सेवा समेत उपलब्ध छ । प्रत्येक वर्ष एक सय ५० एमबिबिएसमा भर्ना लिइन्छ भने नर्सिङमा ४० जना भर्ना लिइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१