ओलीले हाम्रो सपनामा तुषारापात गरे, उनीबाट सरेका धुलो सफा गर्दैछौँ : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७७, बिहीबार ०४:२१

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको सपनामा तुषारापात गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले देशको मुहार फेर्ने सपना देखेतापनि ओलीले आफूहरुको सपनामा तुषारापात गराएको बताए । उनले ओलीले आफूहरुले देखेको देश विकासको सपनालाई बिगारेको बताए ।

ओलीले पार्टीमा रहेका अरु नेतालाई अपमान गर्ने र कहिल्यै विश्वासमा नलिएको भन्दै प्रचण्डले आफूले सबैलाई मिलाएर देश बनाउने सपना देखेको अवस्थामा ओलीले सबैकुरा भत्काएको बताए ।

प्रचण्डले ओली तानाशाहको बाटोमा हिँडेपनि लोकतन्त्र र संविधानको पक्षमा रहेका देशभरका सबै राम्रा दिमागहरु आफूहरुको पक्षमा रहेको भन्दै नराम्रा दिमागहरु ओलीको पक्षमा लागेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१