शिक्षकशिक्षिकाहरु द्धारा लिखित रुपमा कागजी प्रतिबद्धता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १०:५७

सन्दिप कुमार बैश्य
बर्दिया .  ६  असोज  ।
जिल्ला अन्र्तगत गुलरिया नगरपालिकाका बिभिन्न ५ बिद्यालयका निम्न माध्यमिक स्तरका २६ शिक्षक तथा शिक्षिकाहरु द्धारा ब्यक्तिगत रुपमा एक तालिम समापन कार्यक्रममा ९ बुदें नरम शीप शिक्षण र सिकाईको लागि लिखित रुपमा कागजी प्रतिबद्धता गराईएको छ ।

विद्यालयमा आफ्नो  उपस्थिती र आफ्नो कक्षा सहभागीतामा यस शैक्षिक सत्रमा नै कम्तिमा १० प्रतिशत ले बृद्धि गर्ने छु , बालमैत्री, लैंगिक, मैत्री विद्यार्थि केन्द्रीत कक्षा व्यवस्थापन गरि रोचक एवं उपयूक्त शिक्षण विधि र सामाग्रि प्रयोग गरि वर्तमान अवस्थामा नै देखिने मात्रामा सुधार गर्ने छु ,वर्तमान अवस्थामा विद्यालय उमेरका समुदायमा रहेका विद्यालय सेवाक्षेत्रका वाल वालिका लाई विद्यालय भित्रियाउन आफ्नो ठाँउबाट सक्दो प्रयास गर्ने छु , विद्यालयमा नियमित नहुने विद्यार्थिलाई आप्नो कक्षा र विद्यार्थिलाई नियमित वनाउन सक्दो प्रयास गरेको अनुभुति प्र.अलाई गराउने छु , आफुले पढाउने विषयका पाठ्यक्रमको अध्ययन गरि पाठ्यक्रम अनुसार कोर्ष पुरा गर्ने छु लगायतका ९ मुद्दाका बिषयमा लिखित रुपमा कागजी प्रतिबद्धता गरिएको हो ।

तालिम समापन कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले भने जिल्लामा रहेका अधिकांस समुदायिक बिद्यालयका नतिजालाई गतबर्षका तुलनामा यस बर्ष १० प्रतिशत बृद्धि गर्ने उद्देश्यले बिभिन्न कार्यक्रम गरिरहेकोे बताउनु भयो । उहाले भन्नु भयो शिक्षक तथा शिक्षिकाहरुले अध्यपन गराउने समयमा नरम शीप शिक्षण र सिकाईको प्रयोग गर्छन भने बिद्यार्थीहरु सजिलै बुझ्ने लगायत बिद्यार्थीहरुको बिभिन्न शैक्षिक पक्षमा सुधारात्मक परिवर्तन आउने छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालयको समन्वयमा दलित सेवा संघ बर्दिया द्धारा संचालन गरिएको सुनौलो भबिष्यका लागि सिकाई परियोजना अन्र्तगत शिक्षक तथा शिक्षिकाहरुको लागि उक्त दुई दिने नरम शीप शिक्षण र सिकाइ सम्बन्धि तालिम संचालन गरिएको हो । तालिमा सिकेका बिषय बस्तुहरु लाई पुर्ण रुपमा बिद्यालयमा कार्यान्वयन गराउने उद्देश्यले ती ५ बिद्यालयका २६ जना शिक्षक तथा शिक्षिकाहरु र जिल्ला शिक्षा कार्यालयका बिद्यालउ निरिक्षक गजेन्द्र जि.सी बिच तालिमको समामन कार्याक्रममा कानुनी तवरले लिखित रुपमा कागजी प्रतिबद्धता गराईएको दलित सेवा संघ बर्दिया द्धारा संचालित बाल बिकासको लागि शिक्षा कार्याक्रमका जिल्ला संयोजक तारा बहादुर सुनारले बताए । तालिमा श्री गायत्री नि.मा.बि. टेपरीका ७ जना , श्री गणेश बिद्या मन्दिरका ५ जना , श्री भानोदय नि.मा.बि का ५ जना , श्री ने.रा.नि.मा.बि सुहेलवाका ५ जना र श्री धुर्व उ.मा.बि तुल्सीपुरका ४ जना गरि बिभिन्न ५ बिद्यालयका २६ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्याक्रममा सहभागी भएका श्री गायत्री नि.मा.बि टेपरीका शिक्षक कपिल देव शाहले भने नरम शीप शिक्षण र सिकाईको तालिमले हाम्रो शिक्षण सिकाई क्रियाकलापलाई गुणस्तरिय एवम् बाल केन्द्रित रुपमा शिक्षण गर्न सकिने लगायतका अति उपयोगी बिषय बस्तुको बारेमा जानकारी पाएको हुदाँ यसले शिक्षण क्रियाकलापलाई सजिलो बनाउने हुनाले यो तालिम सबै बिद्यालयका नि.मा.बि स्तरका शिक्षक तथा शिक्षिकाहरु लाई अवश्यक पर्ने बताए । त्यसैगरि अर्का सहभागी श्री ने.रा.नि.मा.बि का शिक्षक जीवन थारुले भने बिद्यार्थीहरुको सुनौलो भबिष्यका लागि सिकाई परियोजना अन्र्तगत नरम शीप शिक्षण र सिकाई लगायतको बिषय बस्तुमा बिस्तृत रुपमा जानकारी पाउदाँ यसले शिक्षण सिकाई सम्बन्धि बिद्यालयको बर्तमान समास्या समाधान गर्न ठुलो भुमिका खेल्ने गर्दछ भने यसले परम्परागत शिक्षण प्रणालीले शिक्षण कार्य गर्दा सिकाई उपलब्धी घट्दै गएकोले यो शीपको पुर्ण रुपमा प्रयोग गर्दा सिकाई उपलब्धी बढाउन ठुलो मद्दत गर्नेछ । जिल्लाका अधिकांस सामुदायिक बिद्यालयको उर्तीण प्रतिशतमा प्रति बर्ष कमी आईरहेको हुदाँ सो बिद्यालयहरुमा उर्तीण प्रतिशत लाई बृद्धि गर्नको लागि शिक्षण प्रणाली लाई सरल ,नरम शीप तथा सिकाई बाट अध्यन गराउने उद्देश्यले यो दुई दिने नरम शीप शिक्षण र सिकाई सम्बन्धि तालिम को अयोजना गरिएको थियो । उक्त तालिममा २५ देखि ४० बर्ष उमेर समुहका बिभिन्न बिषयका शिक्षक तथा शिक्षिकाहरुको सहभागित रहेको थियो । दलित सेवा संघ बर्दियाकी जिल्ला संयोजक दुर्गा क्षेत्रीले भन्नि नरम शीप शिक्षण र सिकाई परियोजनाको मुख्य उद्देश्य समान्य तवरले पढाउने शिक्षाको गुणस्तर र उपयक्तता बढाउने , बिद्यालयमा यो शीप लाई समहित गर्नु र बिद्यार्थीहरुमा रोजगारीका अवसर प्रदान गर्ने , बिद्यार्थी हरुका लागि रोजगारीको बिषय बस्तु सम्बन्धि सहजीकरण गर्ने लगायतका कुराहरु हुन । तालिममा प्रशिक्षणको रुपमा सहजीकरण गर्ने प्रशिक्षकहरु नवराज ढुङ्गना , अनिल श्रीवस्तव , हरि चौधरी , दलित सेवा संघका तारा बहादुर सुनार लगायतका प्रशिक्षकहरु उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१