फागुन २१ र २२ गते मिडिया नेपालको राष्ट्रिय भेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७७, मंगलवार ०५:१९

काठमाडौं । मिडिया नेपालले राष्ट्रिय भेला गर्ने भएको छ । काठमाडौंमा सोमबार बसेको मिडिया नेपालको सचिवालय बैठकले आउँदो फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

सो बैठकले स्वतन्त्र र व्यवसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको मिडिया नेपालका सचिव मुकुन्द ढुंगानाले जानकारी दिए ।

राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब ५००  अगुवा प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । मिडिया नेपालको देशव्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पनि ढुंगानाले बताए ।

सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने भएको छ । केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१