काठमाडौं । बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा मुद्दा दर्ता संख्या बढ्दो अनुपातमा रेहको छ। नगरपालिकाको क्ष्रावण देखि पुष मसान्त सम्मको तथ्याङ्क अनुसार समितिमा ३० वटा मुद्दा दर्ता भएका छन्।
सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउन जिल्ला वा केन्द्र धाउन पर्ने झन्झटबाट मुक्त हुन स्थानिय वासिन्दालाई नजिकैबाट न्याय निरुपण गर्न न्यायपालिकाको रुपमा नगरपालिकामा न्यायिक समिति गठन गरिएको थियो। न्यायिक समितिले यस्ता विषयको विवादहरु निर्णय तथा मेलमिलाप प्रकृया बाट समाधान गर्दै आएको छ।
समितिमा पुष मसान्त सम्म दर्ता भएका ३० वटा मुद्दाहरु मध्य मानाचामल मुद्दाको संख्या धेरै रहेको पाईएको छ । समितिले आफ्नो अधिकारक्षेत्र अनुसार ६ वटा मानाचालमको मुद्दा, ४ वटा जग्गा किनबेच, लेनदेन र गरेलु हिंसाको ३-३ वटा, सार्वजनिक बाटो\ घर बहाल\ सम्बन्ध विच्छेद\ शान्ति सुरक्षा\ बैना रकम मुद्दाहरु १-१ वटा लगायत अन्य ९ वटा विविध मुद्दाहरु दर्ता गरेको छ।
तिन वटा घरेलु हिंसाका मुद्दाहरु मिलापत्र भएका छन् भने ६ वटा मुद्दाहरु तारिख गुजारेको स्थीतिमा छन् र १० वटा मुद्दाहरु अझै सुचि बद्द रुपमा पेशि भईरहेको छ।
उप-प्रमुख रमा देवी राईको संयोजकत्वमा रहेको तिन सदस्यीय न्यायिक समितिमा सदस्यहरु भगवति निरौला र पर्शुराम कार्की संगै ईजलास अधिकृत पुण्य प्रसाद काफ्ले रहनु भएको छ।
न्यायिक समिति गठन भए देखि अहिलेको मिति सम्म १६१ वटा मुद्दाहरु दर्ता भएका छन्। जस्मा मिलापत्रका ७५ वटा , फैसला भएका २५ वटा तथा आदालत पठाएका १६ वटा मुद्दाहरु रहेको ईजलास रहेको छ ।
प्रतिक्रिया