शैक्षिक समाग्री सहयोग गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १०:५४

बर्दिया ,  ६  असोज  ।
सेभ द चिल्ड्रेनको साझेदारीमा दलित सेवा संघ बर्दिया द्धारा संचालन गरिएको ९ महिने सुनौलो भविष्यका लागि सिकाई परियोजना कार्यक्रम जिल्लाको २ गा.बि.स र १ नगरपालिका गरि ३ ठाँउमा संचालन गरिएको छ । बालबालिकाको क्षेत्रमा पुर्ण रुपमा लगशिल भै काम गरि रहेको नगर बाल संरक्षण समितिको समन्वय बैठक बसि पुनर्गठन गरिएको छ ।

सुनौलो भविष्यका लागि सिकाई परियोजना कार्यक्रम अन्तर्गत बिभिन्न योजनाहरु जिल्ला स्तरिय समन्वय बैठकमा सार्वजानिक गरिएको छ । सुनौलो भविष्यका लागि सिकाई परियोजना कार्यक्रम अन्तर्गत उक्त दुई ठाउँका छनोट भएका बिद्यालयका बिद्यार्थीहरु लाई जिवन शिप सम्बन्धि कक्षा संचालन गर्ने , बिपन्न र सिमान्तकृत समुदायका कक्षा ६ देखि ८ सम्मका बालबालिका (बिद्यार्थीह) हरुलाई शैक्षिक समाग्री सहयोग गर्ने लगायतका बिभिन्न शिक्षा संग सम्बन्धित क्रियाकलाप गर्ने बालबालिकाको लागि शिक्षा कार्याक्रमको कार्यक्रम संयो तारा बहादुर सुनाले बताउनु भयो । उहाँले भन्नु भयो यस कार्यक्रम अन्र्तगत संकटमा तथा जोखिममा परेका बालबालिका (बिद्यार्थी) हरुलाई शिक्षाको क्षेत्रमा आर्थिक सहयोग गर्नको निमित्त बिद्यालयमा १३ लाख ४० हजारको कोष स्थापना गर्ने तथा जोखिममा परेका २ सय बालबालिका (बिद्यार्थी) हरुलाई ३ हजारको दरले ६ लाख रकम बितरण गर्ने लगायतका ४४ लाख ८ हजार ३ सय ५० रकमको कार्यक्रम रहेको बताउनु भयो ।

नगर बाल संरक्षण समितिका नवनिर्वाति अध्यक्ष इन्द्र कुमार श्रेष्ठ , सदस्य सचिव अनिल कुमार श्रीवस्तव लगायत ९ सदस्यीय कार्यसमिति चयन भएको छ । उक्त पुर्नगठन कार्याक्रम जिल्ला बाल काल्यण बर्दियाकी सदस्य दुर्गा क्षेत्रीको संयोजकत्वमा  भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१